शाहरुख खानको जन्मदिनमा मन्नतबाहिर फ्यानको भीड नियन्त्रण गर्न लाठीचार्ज
- १७ कार्तिक, २०८०
- मनोरन्जन
- Nepal Updates
बलिउड अभिनेता शाहरुख खान बिहीवार ५८ औं जन्मदिन मनाउँदैछन् । हरेक वर्षजस्तै यसवर्ष पनि उनले भारतको मुम्बईस्थित आफ्नो निवास मन्नतबाहिर भेला भएका सयौं फ्यानलाई अभिवादन गरे ।
आफ्ना प्रिय सुपरस्टारलाई जन्मदिनको शुभकामना दिन फ्यान रातीदेखि नै मन्नतबाहिर भेला भएका थिए । फ्यानले आतिशबाजी, हुटिङ र कोलाहल गरेर खुशी व्यक्त गरे । शाहरुखले पनि मन्नतको रेलिङमा चढेर फ्यानलाई धन्यवाद दिए । शाहरुखको एक झलक हेर्न उर्लिएको भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले लाठिचार्ज गर्नुपरेको थियो ।

शाहरुख हरेक जन्मदिनमा आफ्ना फ्यानका लागि मन्नतको रेलिङमा आउँछन् र फ्यानलाई धन्यवाद दिन्छन् । बर्थडे बाहेक शाहरुख ईद र आफ्नो फिल्मको रिलिज वा सफलतापछि रेलिङमा आउँछन् । मन्नत बाहिर दिनहुँ धेरै फ्यान भेला हुन्छन् ।

शाहरुख हरेक वर्ष आफ्ना फ्यानलाई भेट्न बाहिर निस्किए पनि सन् २०२१ मा यो परम्परा तोडेका थिए । २०२१ मा छोरा आर्यन खान लागू औषध मुद्दामा पक्राउ परेका थिए, जसका कारण शाहरुखले वर्षौं पुरानो परम्परा तोडेर फ्यानलाई भेट्न आएनन् । तर, त्यो वर्ष पनि मन्नतबाहिर ठूलो भीड देखिएको थियो । यस बाहेक २०२० मा पनि कोभिडका कारण शाहरुखले फ्यानलाई मन्नत बाहिर भेला नहुन अपिल गरेका थिए ।
साभार