३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालको लगातार दोस्राे जित

सोसल सेयर

आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले लगातार दोस्राे जित हात पारेको छ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो नेपालका ओपनर ब्याटसम्यान कुशल भुर्तेल २५ बलमा ४३ रन बनाएर पेभिलियन फर्किए। उनी चार छक्क र चार चौका प्रहार गरेर आउट भए। त्यस्तै, नेपालका अर्का ओपनर आशिफ शेख ३२ रन बनाएर आउट भए। उनी २३ बलमा दुई छक्का र एक चौका प्रहार गरेर आउट भए। नेपालका कप्तान रोहित पौडेल ८ बलमा मात्र २ रन बनाएर पेभिलियन फर्किए। नेपालका लागि कुशल मल्लले ३४ बलमा ६५ रन बनाएर पेभिलियन फर्किए।

त्यस्तै, सन्दीप जोरा र विवेक यादव नटआउट रहे। उता, मलेसियाको लागि मोहम्म्द अमिरले तीन विकेट लिए भने  पवनदिप सिंहले एक विकेट लिए। त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। मलेसियाका लागि शही अजिजले सर्वाधिक ६८ रन बनाएर पेभिलियन फर्किए। त्यस्तै, वीरन्दीप सिंह ४, जुबुदी जुल्कीफ २४ रन बनाएर आउट भए।

यता, नेपालको लागि अविनाश बोहाेराले सर्वाधिक चार विकेट लिए। सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले समान एक-एक विकेट लिए।

← पहिलो समाचार || अर्को समाचार →