३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

कलेजोको परिकार खाँदा स्वास्थ्यमा नकरात्मक असर गर्छ कि गर्दैन ?

सोसल सेयर

मदिरा सेवन गर्दा त्यसमा रहेको हानिकारक तत्वले कलेजोलाई क्षति गर्छ । तर, मदिराको विषाक्त तत्व कलेजोमा जमेर भने बस्दैन ।

बुझ्नैपर्ने अर्को कुरा त के पनि भने, विषाक्त रसायनहरुलाई शरीरबाट निष्कासन गर्नका लागि कलेजोले त्यस्ता रसायनलाई पानीमा घुलनसिल बनाउँछ । ती रसायनहरु रगत हुँदै मिर्गौलामार्फत पिसाबको माध्यमबाट वाहिरिन्छन् । स्वास्थ्य परीक्षणमा रगत र पिसाब जाँच गर्नुको कारण पनि यही हो । यसबाट शरीरमा बन्ने र प्रवेश गरेका विषधीहरुको वारेमा पत्ता लाग्ने गर्छ ।

कलेजो एक ‘सुपरफुड’

– समाजमा पनि कलेजोलाई उर्जा प्रदान गर्ने पदार्थको रुपमा लिइन्छ । त्यसैले मानिस कमजोर हुँदा कलेजो सेवन गरेको पाइन्छ ।

– कलेजोमा प्रचुर मात्रामा पोषक तत्व हुन्छ । त्यसैले कलेजोलाई पोषणविद्हरुले ‘सुपरफुड’ पनि भन्ने गर्छन् ।

– कतिपय रोग निको पार्नकै लागि पनि कलेजोको सेवन गरिन्छ । क्यान्सर, मुटु, टि.बी. जस्ता रोगबाट ग्रसित मानिसहरुले कलेजोको नियमित सेवन गर्नुपर्छ । यस्ता रोग निको पार्नका लागि कलेजोले विशेष भूमिका खेल्छ ।

– कलेजोलाई यसलाई विभिन्न थेरापीमा पनि प्रयोग गरिदै आइएको छ । कलेजोको सेवनबाट गराईनेमध्येको एउटा थेरापी हो, ग्रेसन थेरापी । यस्तो थेरापीमा कलेजोलाई जुुसको रुपमा सेवन गराइन्छ ।

– कलेजोलाई स्याउ र गाँजर भन्दा बढी पोषिलो खाद्यपदार्थको रुपमा लिइन्छ ।

अत्याधिक भिटामिनबी १२

विशेषगरी भिटामिन बी १२ को कमी साकाहारीमा हुने गर्छ । कलेजोमा भने यसको मात्रा अत्याधिक हुन्छ । भिटामिन बी १२ ले रक्त कोष निर्माणमा मद्दत गर्छ ।

भिटामिन बी १२ को कमिले रक्तअल्पताको समस्या निम्तन सक्छ । यो भिटामिनले शरीरको कोषहरुमा हुने डि.एन.ए लाई उचित ढंगबाट काम गर्न प्रेरित गर्छ । त्यस्तै यसले मष्तिस्कको कार्यक्षमता चुस्त बनाउन, अल्जाइमरबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

अन्य भिटामिन

कलेजोमा भिटामिनबी ६, बायोटिन र फोलेट प्रचुर मात्रामा हुन्छ । फलेटको कमीले पनि रक्तअल्पता हुने गर्छ ।

– खानाबाट शरिरमा प्रवेश गरेको भिटामिन ए कलेजोमा जम्मा भएर बस्ने गर्छ । जसलाई चाहिएको अवस्थामा पछिसम्म पनि प्रयोग गर्छ । त्यसैले हामीले कलेजो सेवन गर्दा सँगै भिटामिन ए पनि लिन्छौँ । भिटामिन एको कमीले हामी धेरैलाई थाहभएको काम भनेको यसले रतन्धोको समस्या निम्त्याउछ । यो भिटामिनले शरिरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । यसले छालाको बृत्तिविकास गर्नुका साथै छालाई चमक दिने काम गर्छ ।

जुन हानिकारक हुन्छ

यद्यपी बन्द कोठामा विभिन्न औषधि, हर्मोन, असुद्ध खाना खुवाएर हुर्काइएको पशु-पंक्षी विषादी कलेजोमा मात्र नभई मासुमा पनि बस्ने गर्छ । त्यस्तै प्रकारका पशुपंक्षिको कलेजो सेवन गर्दा भने स्वास्थ्यमा असर पर्न जान्छ ।

← पहिलो समाचार || अर्को समाचार →