दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट छाड्नेको सङ्ख्या बढ्दै
- २ कार्तिक, २०८०
- समाचार
- Nepal Updates
बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या दैनिक बढ्दै छ । बुधबार दिनभरमा ९१ हजार १०८ जनाले उपत्यका छाडेका छन् ।
चाडपर्वको समयमा हुनसक्ने सुरक्षा चुनौती र दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । लामो दुरीको बसमा दुईजना चालक राख्ने नियम पालनामा कडाइ गरिएको एसएसपी भट्टले जानकारी दिए ।