विश्व दृष्टि दिवस: समस्या आउन नदिन के गर्ने ?
- २५ आश्विन, २०८०
- समाचार
- Nepal Updates
१२ अक्टोवर विश्व दृष्टि दिवस । नेपाललगायत विश्वभर दृष्टि दिवस मनाइदैँछ । आँखामा अन्धोपन ल्याउने मुख्य कारक तत्व मोतीविन्दु हो । मोतीबिन्दुले ७० देखि ८० प्रतिशत अन्धोपना गराउँछ ।
अन्य रोगहरू शरीरमा देखिदा आँखामा पनि असर गर्ने भएकाले सचेत हुन आँखा रोग विशेषज्ञहरूको सुझाव छ । जस्तो उच्च रक्तचाप हुँदा,सुगर भई नियमित रुपमाऔषधि सेवन गर्न सुरु गरिएपनि आँखाको पर्दालाई असर गर्ने, आँखामा रक्तश्राव हुने,आँखामा पानी जम्ने, कुनै अवस्थामा पर्दा नै फाट्ने सम्भावना हुने भएकाले यी बिरामीले आँखा जाँच गर्न अतिआवश्यक पर्ने उनको भनाई छ ।
नियमित आँखा परीक्षण
शरीरमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएपनि ६–६ महिनामा आँखाको दृष्टि जँचाउनुपर्छ । उच्च रक्तचाप हुँदा, सुगर हुँदा क्रमशः दृष्टि मधुरो हुँदै जाने भएकाले अनिवार्य रुपमा आँखा जाँच गर्नुपर्ने उनले बताए ।
चस्मा लगाइराखिएको अवस्थामा आँखाको पावर चाँडो घट्दै गएमाआँखा सुख्खा भई पोल्ने जस्ता समस्या देखिन्छन् । शरीरमा देखिने विभिन्न रोगले केही महिना, केही वर्षपछि आँखामा असर गर्ने भएकाले चिकित्सकको सल्लाहमा अनिवार्य आँखा परीक्षण गर्नुपर्छ ।
समस्या आउन नदिन के गर्ने ?
प्रेसर,सुगर रोग पुरानै भएपनि पछिल्लो समययी रोग लाग्नेको संख्या बढ्दै गएको छ । जसका कारण आँखा समस्या हुने दरपनि बढ्दै गएको डा. भट्टराईको जिकिर छ ।
यसका लागि २५ देखि १०० वेडका आधारभूत अस्पतालमा आँखाका विशेषज्ञहरू बढाउँदै जानुमा विकल्प नभएको उनको भनाई छ ।