३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

बसन्तपुरमा सार्वजनिक शौचालय लेखेको बोर्ड राखेपछि विरोध

सोसल सेयर

विश्व सम्पदा सूचीमा रहेको काठमाडौं दरबार परिसरमा सार्वजनिक शौचालय लेखिएको बोर्ड राखिएपछि विरोध भएको छ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले जनचेतनामूलक कार्यक्रम गर्ने क्रममा: बिहीबार उक्त बोर्ड राखेको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले बताए।

उनकाअनुसार स्वास्थ्य विभागले समुदायमा गएर मानिसहरूलाई सार्वजनिक शौचालयसम्बन्धी जनचेतना दिने आवश्यक स्थान माग गरेको थियो।

‘सार्वजनिक शौचालयको महत्व र शौचालय कस्तो हुनुपर्छ भनेर जनचेतना दिन कार्यक्रम गरेको थियो,’ उनले भने, ‘सार्वजनिक शौचालयको जनचेतना कार्यक्रममा विभागले सडक नाटक र भिडिओ देखाउने भनेर भनेको थियो।’

तर कालभैरव मन्दिर पछाडी नै ‘सार्वजनिक शौचालय’ लेखेको बोर्ड राखेको थाहा पाएपछि अहिले हटाइएको उनले बताए।
← पहिलो समाचार || अर्को समाचार →