३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

नेपालमा २५ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा

सोसल सेयर

आज अक्टुवर १०, विश्व मानसिक स्वास्थ्य दिवस । मानसिक स्वास्थ्य सबैको अधिकार भन्ने नाराका साथ देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाइदैंछ ।

विश्व स्वास्थ्य संगठनमा कार्यरत मनोचिकित्सक डा. केदार मरहठ्ठाले नेपालमा रहेका स्वास्थ्य संस्थाहरुमध्ये एक चौथाई अर्थात् २५ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा प्रवाह भइरहेको जानकारी दिनुभएको छ ।  मानसिक स्वास्थ्य सेवा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सो जानकारी दिँदै प्राथमिक स्वास्थ्य संस्थादेखि अस्पतालसम्म मानसिक स्वास्थ्य सेवाको विस्तार गर्नपर्ने आवश्यक रहेको बताउनुभयो ।

नसर्ने रोगमध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ। आत्महत्या गर्नेमध्ये ८० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको पाइन्छ। यसमा डिप्रेशन मुख्य कारक रहेको छ । नेपालले मानसिक स्वास्थ्यलाई ५ वर्ष अगाडि मात्रै जनस्वास्थ्य समस्याका रुपमा राख्यो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  अन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाको स्थापना गरेको थियो ।

प्रहरीले इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखालाई उपलव्ध गराएको आत्महत्याको तथ्यांक अनुसार विगत ५ वर्षदेखि  नेपालमा आत्महत्याको दर बढिरहेको छ । नेपालमा दिनमा कम्तिमा १७ जनाले आत्महत्या गरिरहेका छन् । वर्षमा झण्डै ७ हजार जनाको मृत्यु आत्महत्याका कारण भइरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →