सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
- १९ आश्विन, २०८०
- समाचार
- Nepal Updates
काठमाडौंमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
बिहीबार राति साढे ७ बजे काठमाडौं महानगरपालिका-२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको ७.५ टन ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो। ठक्करबाट स्कुटर चालक काठमाडौं महानगर-१३ ताहाचल बस्ने ३२ वर्षीया आकृती शर्माको मृत्यु भएको हो। ठक्करपछि घाइते भएकी उनको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो।
त्यहाँ उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।