३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

भोलिदेखि तीन दिने चट्याङ अन्तर्राष्ट्रिय सम्मेलन हुने

सोसल सेयर

नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ । सम्मेलनमा  चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिए ।

सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशबाट ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यही असोज १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषय बारेमा छलफल हुनेछ ।

अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो उच्च जोखिममा पर्ने उनको भनाइ छ ।

← पहिलो समाचार || अर्को समाचार →