१८ आश्विन २०८३, आईतवार  |  4 October 2026,Sunday

बिहे गर्न २० वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था हेरफेर हुने

सोसल सेयर

नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था पुनर्विचार तथा हेरफेर गर्नुपर्ने कानुन, न्याय तथा संसदीमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बताएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभको बैठकमा मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताउँदै पुनर्विचार गर्नुपर्ने बताए ।
उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइराछ । बाल विवाहमा सजाय भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ । कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।’

← पहिलो समाचार || अर्को समाचार →