मेरो सेयरमा समस्या, आईपीओ भर्न नपाएको गुनासो
- १९ श्रावण, २०७८
- अर्थ
- Nepal Updates
१८ साउन, काठमाडौं । मैलुङ खोला हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने अन्तिम दिन ‘मेरो सेयर’ मा समस्या देखिएको छ । सोमबार मेरो सेयरमा समस्या देखिए पछि आईपीओका लागि आवेदन दिन बाँकी रहेकाहरुले आवेदन दिन पाएका छैनन् ।
यस अघि कुनै कम्पनीको आईपीओ खुल्ने वित्तिकै मेरो सेयर नखुल्ने समस्या देखिने गरेको थियो । तर पछिल्लो केही महिना यता भने मेरो सेयरमा कुनै समस्या देखिएको थिएन् ।