३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

निषेधाज्ञामै पढाइ सुरु गर्ने ८ स्कुलका प्रधानाध्यापकलाई चेतावनी

सोसल सेयर

प्रशासनले निषेधाज्ञा लगाएको समयमा पठनपाठन गराउने विद्यालयका प्रधानाध्याकलाई प्रहरीले चेतावनी दिएर छाडेको छ । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा ८ विद्यालयका प्रधानाध्यापकलाई जिल्ला प्रहरी कार्यालयले चेतावनी दिएको हो ।

कोरोना महामारको जोखिम कायमै रहेको भन्दै स्याङ्जा अझै पनि निषेधाज्ञा जारी छ । निषेधाज्ञाको आदेशमा विद्यालयमा भौतिक उपस्थिति भई पठनपाठन गर्न, गराउन निषेध गरिएको छ ।

स्याङजाका ८ विद्यालयमा भौतिक रुपमा उपस्थिति गराएरै पठनपाठन गराइएको जानकारी प्रशासनलाई प्राप्त भएको थियो ।

जिल्ला प्रहरी कार्यलयका अनुसार पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिकामा पर्ने ७ वटा सामुदायिक विद्यालय र एक निजी विद्यालयमा पढाइ भएको पाइएको छ । ती विद्यालयका प्रधानाध्यापकलाई प्रहरी कार्यालयमा बोलाई आगामी दिनमा कार्य नदोहोर्‍याउन सचेत गराइएको प्रहरीले जनाएका छन् ।

पहिलो पटक उनीहरुलाई सम्झाएर छाडिएको तर फेरि पनि अटेर गरी विद्यालय सञ्चालन गरेमा  संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ तथा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश बमोजिम कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →