१८ असार २०८३, बिहीबार  |  2 July 2026,Thursday

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल

सोसल सेयर

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले सेतोपाटीलाई बताए।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच बिहान ९ बजे कुराकानी भएको थियो। उनीहरूबीच मन्त्रिपरिषद बिस्तार, गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रमलगायत विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ। देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री र एक राज्यमन्त्री मात्रै छन्।

← पहिलो समाचार || अर्को समाचार →