३१ बैशाख २०८१, सोमबार  |  13 May 2024,Monday

नयाँ वर्षको अवसर पारेर सुजुकीको ‘क्यास पाऊँ एक्कासि’ योजना

सोसल सेयर

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले आउँदै गरेको नेपाली नयाँ वर्षको अवसर पारेर ‘क्यास पाऊँ एक्कासि’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने ‘क्यास पाऊँ एक्कासि’ योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार, यो योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ छुटका साथै थप स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म क्यास एक्कासि पाइने योजना ल्याइएको छ । त्यस्तै, कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजारमा प्रचलित मूल्याङ्कनभन्दा १५ हजार रुपैयाँ बढीको मूल्याङ्कन गरिने र स्कुटरमा २० हजार नगद छुट प्राप्त गर्न सकिनेछ वा फाइनान्समा ० प्रतिशत ब्याजदरमध्ये जुन ठीक लाग्छ, त्यो ग्राहकवर्गहरूले छनोट गर्न सक्नेछन् ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने बताइएको छ । यो योजना १४ चैत २०८० देखि १८ जेठ २०८१ सालसम्म लागू हुने कम्पनीले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*