१६ बैशाख २०८१, आईतवार  |  28 April 2024,Sunday

जंगीअड्डामा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल हुने

सोसल सेयर

नेपाली सेनाले आन्तरिक तथा बाह्य सुरक्षा स्थितिबारे समीक्षा गर्ने पृतनापतिहरुको सम्मेलन सुरु भएको छ । बुधबारदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने छ ।सम्मेलमा राष्ट्रिय सुरक्षाको अवस्था, चुनौति, भूराजनीतिक परिवेश लगायतका विषयमा पनि जर्नेलहरुले विश्लेषण सुनाउनेछन् ।

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको उपस्थितिमा सुरु भएको सम्मेलनमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखहरुले समेत आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेको कार्यको समीक्षा र सुझावहरु प्रस्तुत गरेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन् ।

बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले पृतनापति सम्मेलनबाट निस्किने निष्कर्षले सेना र रक्षा मन्त्रालयलाई भावी कार्ययोजना तर्जुमा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*