३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

त्रिविको दीक्षान्त समारोह ‘अफिसियल वर्ल्ड रेकर्ड’ले अवलोकन गर्ने

सोसल सेयर

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई  ‘अफिसियल वर्ल्ड रेकर्ड’ले अवलोकन गर्दैछ। धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले  ‘अफिसियल वर्ल्ड रेकर्ड’का लागि अनुरोध गरेको थियो। सोहीका लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो।

टोलीले आजको दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि वर्ल्ड रेकर्डका लागि अघि बढ्ने त्रिविले जनाएको छ। आजको दीक्षान्त समारोहमा १२ हजार ४१५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए। गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए।
← पहिलो समाचार || अर्को समाचार →