३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

विदेशी मुद्राको सञ्चितिमा १६ खर्ब ९६ अर्बको रेकर्ड

सोसल सेयर

रेमिटेन्समा भएको वृद्धि, आयातमा कमीले मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड कायम राख्ने क्रमले निरन्तरता पाएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा मुलुकको विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब रूपैयाँ पुगेको हो। यो ऐतिहासिक उच्च हो।

डरलको आधारमा पनि हालको सञ्चिति उच्च हो। यसअघि अधिकतम १२ अर्ब ७७ करोड डलर बराबर यस्तो सञ्चिति रहेकोमा हाल १२ अर्ब ७५ करोड रूपैयाँ बराबर कायम छ।

मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले ११ महिना ९ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।

आयात ३.८ प्रतिशतले घटेर ५ खर्ब १२ अर्ब रूपैयाँमा सीमित भएको छ। गत वर्षको यही अवधिमा ५ खर्ब ३२ अर्ब रूपैयाँको आयात भएको थियो। त्यस्तै, यो चार महिनामा चार खर्ब ७७ अर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ।

गत वर्षको यही अवधिमा ३ खर्ब ७८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षमा यो दर २६.४ प्रतिशतले वृद्धि भएको हो।

← पहिलो समाचार || अर्को समाचार →