हुम्लाको तापक्रम माइनस १३ डिग्री सेल्सियस, देशभरि चिसो बढ्दै
- २४ मंसिर, २०८०
- समाचार
- Nepal Updates
हुम्लाको तपक्रम मानइस १३ डिग्री सेल्सियसमा झरेको छ। हिजो अस्तिसम्म बिहान बेलुका माइनस ४ डिग्रीसम्म रहेको तापक्रम सोमबार बिहान माइनस १३ डिग्री भएको सर्केगाड गाउँपालिकाले जनाएको छ।
हुम्लामा आज बिहान वर्षा तथा हिमपात भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाले बताइन्। ‘बिहान हिमपात र वर्षा भएको थियो, अहिले पानी परेको छैन तर घाम नलाग्दा चिसो धेरै छ,’ ।
हिमपातसँगै वर्षा हुँदा हुम्ला सदरमुकाम सिमकोटसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ। एक फिट हिउँ जमेको पालिकाले जनाएको छ।