३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सोसल सेयर

साताको अन्तिम दिन शनिबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० र चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ कायम भएको छ । यो मूल्य सुनको रेकर्ड मूल्यबाट केही तल झरेको हो । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो ।

हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →