३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

नेपाली स्टार्ट-अपहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘एलिभेट २०२३’ प्रदर्शनी

सोसल सेयर

नेपाली स्टार्ट-अपहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘एलिभेट २०२३’ हुँदैछ। फेसन एन्ड अपेरल ब्रान्ड फाइब्रो, रिभ्याम्प नेपाल र ट्रुडर्माको सहकार्यमा उक्त प्रदर्शनी शनिबार ठमेलस्थित छाया सेन्टरमा हुने भएकाे हाे।

एलिभेट २०२३ लाई विशेष दसैं मेला तथा रनवे कार्यक्रमको रूपमा पनि प्रस्तुत गरिँदैछ। आयोजक समितिले बिहीबार एक पत्रकार सम्मेलन गर्दै एलिभेट २०२३ प्रदर्शनीले नेपाली उद्यमीहरूमा प्रोत्साहन थप्ने विश्वास राखेको बताएको छ।

प्रदर्शनीमा २५ भन्दा बढी नेपाली ब्रान्डका उत्पादनहरूको स्टल हुने बताइएको छ भने तीन हजार जनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा लिइएको छ।  प्रदर्शनी बिहान ११ बजेदेखि सुरू हुनेछ भने साँझ ६ बजेसम्म रहनेछ।  प्रदर्शनीमा स्टलसँगै विभिन्न लाइभ सेल स्टल, लाइभ म्युजिक, गिभअवेहरू र खानपिनका स्टलहरू पनि हुनेछन्। प्रदर्शनीको सह-आयोजकको रूपमा प्लस साइज नेपाल, हस्पिटालिटी पार्टनरको रूपमा अलफ्ट काठमाडौं, अनलाइन पेमेन्ट पार्टनरको रूपमा इ-सेवा रहेको छ।

← पहिलो समाचार || अर्को समाचार →