१८ असार २०८३, बिहीबार  |  2 July 2026,Thursday

पठाओका १३१ राइडर सम्मानित,राइडरहरूले तिर्नुपर्ने कमिसन समेत घटाउने

सोसल सेयर

पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍(फुड डेलिभरी पर्सन)का लागि ‘पठाओ बेनिफिट प्रोग्राम’ सुरू गरेको छ ।

पठाओको सुरूवाती दिनदेखि हालसम्म राइड गरेका १३१ उत्कृष्ट चालक तथा पठाओ हिरोहरू छनोट भइ छुट्टाछुटै क्याटागोरीमा सम्मानित भएका छन् । कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक बस्न्यातले एक व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज बनाउनका लागि एउटा शहरबाट सुरू गरिएको पठाओ अहिले विभिन्न शहरमा जाने क्रममा रहेको बताए । उनले भने,’अब चाँडै अर्को ५/६ वटा शहरमा जाँदै छौँ ।’ उनले पठाओले मुलुकको कुल जिडीपीमा पनि राम्रो योगदान गरिरहेको सुनाए ।

कम्पनीका अनुसार पठाओ चालकहरूलाई उनीहरूले अहिलेसम्म लिएका राइडका आधारमा डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा वर्गीकरण गरि सम्मान गरिएको हो । साथै राइडरहरूका लागि दुर्घटना भत्ताको समेत व्यवस्था गरिएको छ । दुर्घटना भई उपचारपछि वेड रेस्टमा बस्नुपरेको अवस्थामा कमाइ नहुने हुँदा कम्पनीको डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा परेका राइडरहरूलाई १० हजारदेखि ३० हजार रुपैयाँसम्म दुर्घटना भत्ता प्रदान गरिने कम्पनीले जनाएको हो ।

यस्तै केही तोकिएका अस्पताल, रेस्टुरेन्ट र वर्कशपहरूमा आकर्षक छुटहरू पाउने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । क्याटागोरी अनुसार स्कुल फी स्पोन्सरशीप, मोबाइल डाटा प्याकेज, मासिक क्वेस्टहरू पनि रहेको कम्पनीले जनाएको छ । सँगसँगै वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्न्यातले असोज ८ गतेदेखि ‘पठाओ दसैं महोत्सव’ सुरू गर्ने घोषणा गरे । यस महोत्सव अन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसन समेत घटाउने भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →