३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

सिनर्जी पावरको १० प्रतिशत बोनस प्रस्ताव, हकप्रद पनि जारी गर्ने

सोसल सेयर

२५ साउन, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको हो ।

कम्पनीका कम्पनी सचिव धु्रबराम शर्माका अनुसार गत आर्थिक वर्षका मूनाफाबाट १० प्रतिशत बोनस सेयर, नगद लाभांश दिने निर्ण गर्नुका साथै हकप्रद जारी गर्न साधारण सभामा प्रस्ताव लैजाने निर्णय समेत गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको बाेनस सेयर जारी गरे पश्चात कायम हुने चुक्ता पुँजीको दुई बराबर एक अर्था २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय नेपाल स्टक एक्सचेञ्जमा समेत कम्पनीले जानकारी गराइसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →