३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका व्यक्ति हात्तीगौडाबाट पक्राउ

सोसल सेयर

१४ साउन, काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं मनोहरा नगरपालिका-२ ठेगाना भएका ४६ वर्षीय राम खड्का रहेका छन् ।

उक्त मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १४ गतेको फैसलाले ९ दिन कैद र ९ लाख रुपैयाँ सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको हात्तीगौडाबाट पक्राउ गरेको जनाएको छ ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितहरूलाई झुक्यानमा पारी एनआईसी एसिया बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय र जरिवाना तोकेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →