९५ बढी वडाका काँग्रेस सदस्यले १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने
- १२ श्रावण, २०७८
- राजनिति
- Nepal Updates
नेपाली काँग्रेसको क्रियाशिल सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ । रमेश लेखक नेतृत्वको समितिले मंगलबार बसेको पदाधिकारी बैठकमा आफ्नो प्रतिवेदन बुझाएको हो ।
समितिले बुझाएको प्रतिवेदनमा देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशिल सदस्यता पाएपनि केही जिल्ला र वडामा भने विवादका कारण सदस्यता टुंगो लाग्न सकेको छैन ।
समितिले बुझाएको प्रतिवेदनमा धनुषाको क्षेत्र नम्बर ४ र सर्लाहीको क्षेत्र नम्बर २ को विवाद मिल्न नसकेको उल्लेख छ । त्यस्तै बारा र सप्तरीको नयाँ सदस्यताबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि समितिले अनुरोध गरेको छ । यस्तै सोलुखुम्बुका ५१५ जना र बाराका १६६ जनाको विषयमा पनि सहमति जुटाउन नसकिएकोले नेतृत्वलाई जिम्मेवारी प्रदान गरिएको छ ।
नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशिल सदस्यता टुंगो लगाएको समितिले नयाँ क्रियाशिल सदस्यताबारे केही स्थानमा विवाद भएपछि त्यसको टुंगो लगाउने जिम्मा केन्द्रलाई नै सुम्पेको हो । विभिन्न जिल्लाका ९५ वटा वडाका नयाँ क्रियाशिल सदस्यले १४ औं महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने भएका छन् ।
पर्सा क्षेत्र नम्बर ३, धनुषा ४ र सर्लाही २ का क्रियाशिल सदस्यबारे समितिले निर्णय गर्न नसकेर केन्द्रलाई नै जिम्मा लगाएको हो ।