१७ असार २०८३, बुधबार  |  1 July 2026,Wednesday

शिवपुरीमा किशोरीको शव गाडिएको अवस्थामा फेला

सोसल सेयर

काठमाडौंमा एक जना किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जंगलमा किशोरीको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेका थिए। उक्त हात फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

फागुन २५ गते शुक्रबार बिहान ८ बजे परिसर र प्रहरी वृत्त बौद्धबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएको थियो। विशेषज्ञ तथा फरेन्सिक डाक्टर सहितको टोली पनि खटिएको थियो। गाडिएको शव निकाल्दा मृतक गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने १८ वर्षीया सुष्मा लामा रहेको खुलेको थियो।

उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन्। उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए। त्यसपछि हुलिया परिपत्र, टेलिफोन, कल-डिटेल, विश्लेषण गरिएको थियो। त्यस्तै सम्भावित स्थानहरूमा खोजी गरिरहेको बेलामा शव फेला परेको एसपी अधिकारीले बताए। शव फेला परेपछि आमा लुच्ची तामाङलाई घटनास्थलमा लगेर सनाखत गरिएको थियो।

शव टिचिङ अस्पतालमा पोष्टमर्टम भइसकेको छ। प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान भइरहेको छ।

← पहिलो समाचार || अर्को समाचार →