महन्थ ठाकुर जसपाको अध्यक्ष रहेनन्
- १२ श्रावण, २०७८
- राजनिति
- Nepal Updates
निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई आधिकारिकता दिएसँगै महन्थ ठाकुर अध्यक्षबाट हटेका छन्।
जसपामा दुई अध्यक्ष रहेका थिए। असार ४ गते यादव पक्षले आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।
यादवको निवेदनलाई आयोगले सोमबार मान्यता दिएको छ। जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए। कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका थिए। बहुमत कार्यकारिणी सदस्य यादवको पक्षमा रहेकाले आयोगले यादव नेतृत्वको जसपालाई आधिकारिकता दिएको हो।
यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निश्कासन गरेको थियो। त्यो कार्बाहीलाई भने आयोगले मान्यता नदिने निर्णय जेठ ३० मा गरेको थियो।
जेठ ३० को निर्णयलाई नै आयोगले निरन्तरता दिएको छ। अब कारबाही गर्नुपरेमा विधि पुर्याएर कार्बाही गर्ने बाटो समेत आयोगले खोलिदिएको छ। आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न सक्ने फैसला गरेको छ।
आयोगको फैसला अनुसार ठाकुर पक्षले नयाँ दल दर्ता गर्न सक्नेछ। त्यस्तो अवस्थामा ठाकुर पक्षका सांसदहरुको पद भने जाने निश्चित छ। किनकि नयाँ दल दर्ता गर्नका लागि केन्द्रीय समितिका ४० प्रतिशत सदस्य र संघीय संसदका ४० प्रतिशत सांसद चाहिन्छ।
तर सोमबार भएको ‘हेड काउण्ट’मा ठाकुर पक्षसँग कार्यकारिणी समितिका ४० प्रतिशत सदस्य नपुगेकाले नयाँ दल बनाएमा ठाकुर पक्षका सांसदहरुको पद जान्छ। त्यस्तो अवस्थामा दल त्याग गरेको आधारमा जसपाले निवेदन दिएमा सभामुखले सांसद पद गएको निवेदन सुनाइदिन सक्छन्।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३३ को उपदफा २ मा केन्द्रीय समितीको र संघीय संसदीय दलको ४० प्रतिशत सदस्य भएमा मात्रै दल त्याग गरेको नमानिने उल्लेख छ।