‘लन्डन टू पेरिस’ पछि आफ्नो हातमा धेरै काम पर्ने आस : गरिमा शर्मा
- ३० फाल्गुन, २०८०
- मनोरन्जन
- Nepal Updates
टिकटकबाट उदाएकी मोडल हुन् गरिमा शर्मा । टिकटकपछि म्युजिक भिडियो हुँदै उनी अहिले फिल्मसम्म पुग्न सफल भएकी छन् ।
त्यसो त ‘लन्डन टू पेरिस’ प्रदर्शन नहुँदै उनले अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ समेत काम गरेकी छन् । फिल्मको छायाङ्कन अझै बाँकी भएकोले यो कहिले आउने निश्चित छैन ।
‘लन्डन टू पेरिस’ घनश्याम लामिछाने निर्देशित फिल्म हो । लभस्टोरी कथामा निर्माण भएको फिल्म एबी इन्टरनेश्नलको ब्यानरमा अमित बस्नेत, परि थापा, सनिस खकुरेल, अजित थापाले बनाएका हुन् ।
फिल्ममा गरिमाको अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, लोकबिक्रम मल्ल लगायतको अभिनय रहेको छ ।