३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको

सोसल सेयर

यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक आज काठमाडौंमा बदलीसहित वर्षा भएको छ ।

काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने गर्दछ । यसै अवधिमा चट्याङ पनि पर्दछ । यस वर्ष गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि हिउँदको थियो । हिउँदले बिदा लिए पनि पश्चिमी वायुको प्रभाव अझै केही बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको र काठमाडौं उपत्यकासहितका केही स्थानमा वर्षा पनि भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →