सर्वोत्तम सिमेन्टको आईपीओमा १९.३ गुणा बढी आवेदन
- १६ फाल्गुन, २०८०
- अर्थ
- Nepal Updates
अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) १० लाख १२ हजार ३८४ जनाले भरेका छन् । सीडीएस एण्ड क्लियरिङ कम्पनीका अनुसार कम्पनीको आईपीओमा १९.३ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाएको थियो । तर आवेदकले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् । कुल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको हो । सो रकम आवेदककै बैंक खातामा ब्लक भएको छ । आईपीओ भर्ने अधिकांश ९४ प्रतिशत बढीको हात रित्तो हुनेछ । यदि १० लाखले आईपीओ भरेको खण्डमा ५.५ प्रतिशतले मात्रै आईपीओ पाउने छन् । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।