३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

मण्डला नाटक घरमा नाटक ‘मासिन्या’को नियमित मञ्चन सुरू

सोसल सेयर

काठमाडौं‌को बानेश्वरस्थित मण्डला नाटक घरमा नाटक ‘मासिन्या’को नियमित मञ्चन सुरू भएको छ।

आगामी माघ २८ सम्म नियमित मञ्चन हुने नाटकमा तामाङ जातिले राज्यबाट भोगेको विभेद र संघर्षको कथालाई प्रस्तुत गरिएको छ।

बुद्धि तामाङ र सोनाम लामाको निर्देशनमा तयार भएको नाटकलाई लक्ष्मी रूम्बा, राजु स्याङ्गतान र राबतले लेखेका हुन्।

नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रूपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय छ।

← पहिलो समाचार || अर्को समाचार →