डेनमार्कमा युवराज फ्रेडरिक नयाँ राजा
- १ माघ, २०८०
- राजनिति
- Nepal Updates
डेनमार्कका युवराज फ्रेडरिक नयाँ राजा बनेका छन् । अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो ।
५२ वर्षसम्म शासन सम्हालेपछि ८३ वर्षीया महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको सम्बोधनको क्रममा पद त्यागेर युवराज फ्रेडरिकलाई शासन सुम्पिने घोषणा गरेकी थिइन् । डेनमार्कको ८०० वर्ष पुरानो राजतन्त्रको इतिहासमा स्वेच्छाले राजगद्दी त्यागेर उत्तराधिकारीलाई शासन सुम्पिएको यो पहिलो पटक हो ।