अभिनेत्री विपना थापाका श्रीमान आशुतोष भारद्वाजको फेसबुक एकाउन्टमा तरंग ल्याउने स्टाटस पोस्ट भयो । आफू र विपनाको ‘तलाक’ भइसकेको कुरा त्यहाँ उल्लेख थियो ।
त्यसको दश मिनेटमै स्टाटस गायब भयो । यतिञ्जेलसम्म सामाजिक सञ्जाल र मिडियामा डिभोर्सको हल्ला फैलिसकेको थियो । तर विपनाले उक्त स्टाटस फेसबुक ह्याक भएर पोस्ट गरिएको र गलत रहेको भन्दै खण्डन गरिसकेकी छन् ।
सम्बन्ध विच्छेदको हल्लाबीच नीताले आइतबार बिहान विपना र आशुतोषसँगको युगल तस्वीर सेयर गरेकी छन् । यो तस्वीरमार्फत नीताले पछिल्लो समय चलेका गसिपको खण्डन प्रयास गरेकी छन् ।