अब प्रभु बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशत छुट
- १६ श्रावण, २०८१
- अर्थ
- Nepal Updates
काठमाडौंको लाजिम्पाटमा रहेको र्याडिसन होटलमा प्रभु बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र मार्केटिङ म्यानेजर सविन राणा तथा र्याडिसन होटलका निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुंगानाले हस्ताक्षर गरेका छन् ।