विश्व अटिजम जागरुकता दिवस आज नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदै
- २० चैत्र, २०८०
- समाचार
- Nepal Updates
विश्व अटिजम जागरुकता दिवस आज नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । अटिजमको समस्या भएका बालबालिकाको विशेष स्याहार गर्नुका साथै अटिजमको बारेमा सचेतना दिने उद्देश्यले हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि विश्व अटिजम जागरुकता दिवसका रूपमा मनाइन थालिएको हो । अटिजमले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्ने भएकाले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी), एक न्यूरो डेभलपमेन्टल समस्याको रुपमा चिनिन्छ ।
वयस्क जीवनमा असर नपर्दा छुट्टै सोचको रुपमासमेत लिने गरिन्थ्यो तर पछिल्लो समय स्पेक्ट्रम डिसअर्डरको लक्षणले समस्यामा पारेकोले सचेतनाका लागि जागरुकता दिवस मनाउन थालिएको हो ।