पिसिएल नर्सिङ क्रमश फेज आउट गर्दै १२ कक्षा पूरा गरेपछि नयाँ नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव
- १४ चैत्र, २०८०
- कानुन
- Nepal Updates
नर्सिङ विधाका विभिन्न पक्षमा सुझाव सिफारिसका लागि गठित कार्यदललले नेपालमा पनि १२ कक्षापछि नर्सिङ अध्ययन अध्यापन कार्यक्रम सुरु गर्न सिफारिस गरेको छ।
‘चिकित्सा शिक्षा नर्सिङ विधाको अध्ययन र अध्यापनमा प्रयोगात्मक कार्य/ अभ्यास, आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, आवश्यक शैक्षिक न्युनत्तम योग्यता निर्धारण, प्रमाणपत्र तह र स्नातक वा सो भन्दा माथिका एक भन्दा बढी शैक्षिक कार्यक्रम एउटै शैक्षिक संस्थामा सन्चालन गर्ने सम्बन्धमा सुझाव सिफारिसका लागि’ गठित कार्यदलले १० कक्षापछिको पिसिएल नर्सिङ कार्यक्रम क्रमश फेज आउट गर्दै १२ कक्षा पूरा गरेपछि नयाँ नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव दिएको हो।
प्रतिवेदनले दिएका सुझावअनुसार काम अगाडि बढाउन प्रधानमन्त्री दाहालले ९ गते शुक्रबार बसेको आयोगको १३औं बैठकमा आयोगलाई निर्देशन समेत दिइसकेका छन्। आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुरमा झाले चिकित्सा शिक्षा आयोगले सार्क लगायत अन्य देशहरूमा जस्तै विद्यालय शिक्षा (१२ कक्षा) पश्चात स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको शिक्षा प्रदान गर्ने अभ्यासलाई लागु गर्ने तयारी अगाडि बढाएको जानकारी दिए।
‘सार्क लगायत अन्य देशहरूमा जस्तै विद्यालय शिक्षा (+२) पश्चात स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको शिक्षा प्रदान गर्ने अभ्यासलाई लागु गर्न शैक्षिक कार्यक्रमको ढाँचा तयार भइसकेकोले कार्यान्वयनमा लगिनेछ,’ डा झाले भने।
