१८ चैत्र २०८२, बुधबार  |  1 April 2026,Wednesday

दैनिक रूपमा सङ्कलन हुने सुख्खा फोहोरको बिक्रीका लागि प्रस्ताव आह्वान

सोसल सेयर

काठमाडौँ महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै ३० दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।  आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरूले सुख्खा फोहोर खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् ।

महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रूपमा सङ्कलन हुने सुख्खा फोहोरको बिक्रीका लागि प्रस्ताव आह्वान गरेको सूचनामा उल्लेख छ ।
प्राप्त प्रस्तावहरू आगामी बैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरूको रोहवरमा खोलिने जनाएको छ । सो विषयमा थप जानकारी काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिनेछ ।

432813697_1734032390420990_2036502607806891451_n

← पहिलो समाचार || अर्को समाचार →